२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर बचाउन जाँदा खोचमा आफै अडकिए, उद्दार समूहले यसरी बचाए ज्यान…



अ+ अ-

पोखरा स्थित रहेको सेती नदिको खोचमा अड्किएका १ जनालाई नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल स्थित रहेको सेती नदिको खोचमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो ।

प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको छ ।