२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल ठक्करमा दुई जनाको मृत्यु



अ+ अ-

जनकपुरधाम । मोटरसाइकललाई बसले ठक्कर दिँदा सिरहामा सोमबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डलको मृत्यु भएको हो ।

सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।