२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकको आखा रसाएपछि…



अ+ अ-

‘न सकिन्छ गरिखान , न सकिन्छ मरिजान बुढेशकालैमा’ …………

गायक बुद्धिसागर बस्यालले गाएको गित जस्तै धेरै छोरा छोरीका लागी जन्मदिने बाबु–आमा भारी भएका छन । उनिहरुलाई बृद्धाश्रममा लगेर बिसाउन आतुर छन् । तर पनि बृद्धाश्रममा पुगेकी आमाको मन मान्दैन त्यही अरुले दिएको मिठाई बाकेर छोरालाई भेट्न घर पुग्छिन् । यो दृश्यले स्वयंम्भूस्थित द एक्सेल्सियर स्कुलमा शैक्षिक प्रदर्शनी देखाईएको नाटक बदलिएको यथार्य हेर्न पुगेका घेरै अभिभाबकका आखा रसाय ।

बिद्यालयका नेपाली बिषयका सुपरिबेक्षक जितेन्द्र बस्न्यातको लेखन तथा निर्देशन रहेको नाटक बदलिएको यथार्थले बदलिएको वा सबेदनहीन हुृदै गएको समाजको चित्रले सबैलाई एक पटक गम्भिर भएर सोच्न बाध्य तुल्यायो । घरका सदस्यहरु कोहीलाई कसैको मतलब छैन, सबै आ आफनौ सुरमा छन् । छोरी मोवाईलमा नै मस्त छिन भने छोरो टिल्ल परेर रक्सी धोकेर आधारातमा घर फर्कन्छ । न त एउटै परिबार जस्तो लाग्ने श्रीमान र श्रीमतीको सम्बन्ध नै सुमधुर छ । यस्तै मानबिय संबेदना गराउदै समाजको चित्रले बिद्यार्थीहरुलाई आफनो संस्कार सिकाउन गरेको प्रयासलाई अभिभाबकहरुले राम्रो तारिफ गरे ।

मनछुने नाटक संगै अन्य क्षमताहरु पनि बिद्यार्थीले देखाएका थिए । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरु सहभागी भएको शैक्षिक प्रदर्शनीमा बिद्यार्थीहरुले रोबर्टबाट संञ्चालन र नियन्त्रण गर्न सकिने हवाईजहाज, बिद्युतीय सेन्सरबाट नियन्त्रण गर्न सकिने धारा ,जस्ता सामग्रीहरुको निर्माण गरेका थिए । घरायसी प्रयोगपछि फाल्नुपर्ने वस्तुहरूबाट बनाइएका सजावट सामग्री पनि निकै कलात्मक थिए । प्रदर्शनीमा खेलका माध्यमबाट सामान्य–ज्ञान, भाषा र साहित्यसँग सम्बन्धित प्रश्न र गाउँ खाने कथासम्बन्धी ज्ञान कसरी लिन सकिन्छ भन्ने बुझाइएको थियो ।

यसै गरी बिद्यार्थीहरुले तत्काल कुनै बिषयमा कविता सृजना गर्ने कला पनि देखाएका थिए । यसै गरी सामाजिक ,अग्रेजी, बिज्ञान, गणीत, बिषय संग सम्बन्धीत बिषयहरुलाई पनि शैक्षिक प्रदर्शनीमा बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । किताबको ज्ञान सगै ब्यबहारिक ज्ञानले बिद्यार्थीहरुको क्षमताको बिकास हुनु का साथै जिम्मेबारी बोध हुने अपेक्षा सहित शैक्षिक प्रर्दशनी आयोजना गरिएको बिद्यालयमा प्रध्यानाध्यापक प्रशान्त रजकले जानकारी दिए ।