२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेट



अ+ अ-

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा भेटवार्ता गरेको हो । भेटका क्रममा नेपाल र क्‍यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बतए । सचिव फूयाँलका अनुसार, भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए । दुवैदेशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्दै संसद मैत्रीसमूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरेका थिए ।

उनले नेपालका प्रथामिकता र उद्देश्यमा क्यानडा लगायत अन्तराष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताए । भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएका थिए । क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गरेको पनि सचिव फुयाँलले जानकारी दिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि संसदीय टोलीले भेटघाट गर्ने कार्यतालिका छ ।