५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास

सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास
अ+ अ-

सुनसरी । सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो ।

मोरङको सीमानाका हुँदै बिहीवार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ ।

नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गर्नुभएको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझ्नु भएको थियो । झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ । सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालले संगठनको २५ औं रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ ।

राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परिचालन गरेको छ । पूर्वी टोलीले झापाको काँकडभिट्टा र पश्चिम टोलीले कञ्चनपुरको गड्डाचौकीबाट झण्डा मार्चपास थालेको थियो । दुवै टोलीको मिलन बिन्दु भने पर्साको ठोरी कायम गरिएको छ ।