२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण हुँदैन: सञ्चारमन्त्री



अ+ अ-

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गरे ।

उनले भने ‘एउटा माथिल्लो नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकहरु जसलाई आफ्ना हकका कुराहरुको जानकारी चाहिएको छ त्यसको उन्मुलन हो नी त्यसैले प्रधानमन्त्रीले शुख र समृद्धि मात्रै भनेर भएन नी , रातभरी सुत्दाखेरी त्यसैत रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ उसलाई हेरविचारको केयरको आवश्यकता हुन्छ अरु आरामको आवश्यकता हुन्छ त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो की अर्को कोही अपराधि आएर हातपात गर्ने हो भनेर चिन्तामा राख्नुपर्ने कुरा बस्नुपर्ने कुरा सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ? त्यसैले ठुलोठुलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारीक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ ।’

उनले सूचनाको हक भन्नेकुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो । तर अधिकार खोज्नेले कर्तव्य विर्षने परिपाटीले वास्तविक सूचना नआउने गरेको उनले बताए । कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफुलाई लागेको बताए ।

उनले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताए । सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।