२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले के गल्ती गरे ? किन चाहियो सरकारको सहारा ?



अ+ अ-

काठमाडौंः नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड र ट्रंक लाइनबाट लिएको विद्युतको महशुलको विवाद झन् जटिल बन्दै गएको छ । मन्त्रिपरिषदको निर्णयबाट गठित छानबिन समितिले उपसमिति गठन गरी सात दिनको म्याद दिएको पनि २१ दिन बित्न लागिसकेको छ । उक्त समितिले प्रतिबेदन लेख्न कहाँबाट शुरु गर्ने भन्ने नै ठम्याउन नसकेको समितिका सदस्यहरुले बताएका छन् । प्राधिकरणको क्षेत्राधिकारमा सरकारले हात हालेर यसलाई गंभीर कानुनी जटिलतातर्फ धकेलेको विज्ञको दाबी छ ।

यो विवाद विद्युत वितरण नियमावली २०७३ लागू भएपछि थप अन्यौलमा पर्दै गएको हो । विद्युतको महशुल निर्धारण गर्ने आधिकारिक निकाय विद्युत महशुल निर्धारण आयोग हो । आयोगले यो विवाद बारे निरन्तर विद्युत प्रयोग गरेको अवस्था भनी महशुल निर्धारण गर्ने सूचना नै जारी गरेको छ तर जारी विनियमावलीमा निरन्तर भन्ने शब्द नै हटाइएको छ ।

विनियमावलीले छुट बिल संकलन गर्ने अधिकार दिएको छ भने त्यसमा निर्णय गर्ने अधिकार पनि प्राधिकरण व्यवस्थापन र कार्यालय प्रमुखलाई मात्र छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ २०७३ भदौमा नियुक्त भएका हुन् । छुट बिलको बारेमा अन्तिम निर्णय गर्ने अख्तियार प्राप्त व्यक्ति भनेको कार्यकारी निर्देशक हुन्छ । तर निर्णय नगरी आफूभन्दा माथिल्लो निकाय संचालक समितिमा यो विषयलाई लगेको हो । संचालक समितिले पनि आफूसँग नभएको अधिकार प्रयोग गरी निर्णय गरेको छ । छुट बिल सम्बन्धमा तल्लो निकाय वितरण केन्द्रबाट क्षेत्रीय कार्यालयहरु हुँदै फाइल उठाएर कार्यकारी निर्देशककोमा पठाएको तर निर्णय नगरी लुकाएर राखेका कुरा प्राधिकरण उच्च स्रोतले बताएको छ ।

उक्त फाइल निर्णय नगरी सामसुम बनाउन सरकार र दलका उच्च तहसम्मलाई चित्त बुझाउन ५० करोडको सहमति भएको सम्म सूत्र बताउँछ । तर यो विषय चर्को रुपमा बाहिर आएपछि घिसिङले ऊर्जा मन्त्री वर्षमान पुनलाई विश्वस्त तुल्याउँदै मन्त्रिपरिषदसम्म प्रभावमा पारेका छन् । संसदको सार्वजनिक लेखा समितिले समेत उपसमिति गठन गरी छानबिन गरिरहेको छ । सो उपसमितिले फागुनको पहिलो साता प्रतिवेदन समिति सभापति भरत शाहलाई बुझाउने भएको छ । सरकारले क्षेत्राधिकार नाघेर यो विषयमा बढी नै चासो राख्नाले समस्या झन् बढेर गएको छ । उठाउन बाँकी ९.९ अर्ब रुपैयाँ राजश्व हो भन्दै रेकर्डमा दर्ज भैसकेको छ । यो रकम छुट दिने कानुनी अधिकार सरकारलाई पनि छैन । यो मामिलामा कार्यकारीको गल्ती देखिन्छ । उद्योगीहरु बक्यौता रकम तिर्ने मुडमा छैनन् । सरकारले उद्योग बन्द गराएर सरकारी बाँकी सहर जायजेथाबाट असुल गर्नु पर्ने अवस्थामा पुगेको विषय समितिको नाटक रचेर लम्ब्याइँदैछ ।