२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीकाे विवाद कायमै, अमेरिकाले दियाे चेतावनी (अखबारहरू)



अ+ अ-

काठमाडाैंः राजधानीबाट बुधबार प्रकाशित दैनिक अखबारहरूले मुलुकका प्रमुख राजनीतिक एवं समसामयिक विषयमा समाचारहरू प्रकाशन गरेका छन् । नेपाली जनसमुदायमा सर्वाधिक चासाेकाे रूपमा हेरिएकाे चीनबाट नेपाली विद्यार्थीकाे उद्धारकाे विषयलाइ अखबारहरूले प्राथमिकता दिएका छन् । चीनबाट कसरी ल्याइँदैछ नेपाली विद्यार्थी भन्ने विषयमा अन्नपूर्ण पाेस्ट र गाेरखापत्र दैनिकले समाचार प्रकाशन गरेका छन् । दिल्ली विधानसभा निर्वाचनको परिणामलाई अन्नपूर्ण पाेस्टले मुख्य समाचार बनाएकाे छ । मंगलबार सम्पन्न दिल्लीकाे मतगणनामा अरविन्द केजरीवालकाे आम आदमी पार्टीले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ ।

एमसीसी सम्झाैतामा हस्ताक्षर गर्दै तत्कालीन अर्थमन्त्री ।

‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले नै अर्काे समाचार छापेकाे छ । समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारूढ दलका नेतालाई भेटेर यसबारे प्रष्ट पारेको अन्नपूर्णको दाबी छ ।

सम्पदा जोगाउन खाली खुट्टासहित गरिएको प्रदर्शनको तस्वीर कान्तिपुर दैनिकले छापेकाे छ । साथै तुइन तर्न १०० रुपैयाँ तिर्नुपर्ने हुम्लाको बाध्यतालाइ पनि समाचारमा समेटिएकाे छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले तुइन तर्नकै लागि चर्को शुल्क तिर्ने गरेका हुन् । कान्तिपुर लेख्छ– पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन् । विद्यार्थी पढाउन नोबेल मेडिकल कलेजले गरेको अटेरीबारे पनि कान्तिपुरले समाचार छापेको छ ।

नयाँ पत्रिकाले घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, ५५ हजार बालबालिका घरेलु मजदुरका रूपमा कार्यरत छन् । घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकामाथि शोषण र कुटपिट हुँदा अनेक घटना हुने गरेको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिका लेख्छ– पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन । तर गैरकानूनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

केही राष्ट्रिय दैनिकका मुख्य पृष्ठ