१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गते भएको जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गर्नुभएको छ ।

शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुग्नु भएको थियो । करिब डेढ घण्टा सर्वोच्च अदालतमा बिताउनु भएकी भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरूसँग कुराकानी गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराउनुका साथै जेनजी आन्दोलनमा भएको क्षतिका विषयमा जानकारी गराउनु भएको थियो ।

अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ‘न्यायको मूर्ति भएको ठाउँ, ऐतिहासिक धरोहर जलेकोमा एकदमै दु:ख लागेको छ । ‘सर्वोच्च, सिंहदरबार र संसद् भवन ऐतिहासिक र महत्त्वपूर्ण ठाउँ हुन्। सर्वोच्च सामान्य नागरिकले न्यायका लागि ढोका ढकढाउने ठाउँ हो। सरकारले पुनर्निर्माण ध्यान देओस्।’