२८ भाद्र २०८३, आईतवार
,
Latest
एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिम : महानिर्देशक भट्टराई



अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी संस्थाहरु सम्पत्ति शुद्धीकरणका हिसाबले अत्यन्त जोखिममा रहेको बताउनु भएकोछ ।

आइतबार काठमाडौंमा आयोजित ‘सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण’ सम्बन्धी कार्यक्रममा महानिर्देशक भट्टराईले सहकारीमा भ्रष्टाचार, ट्याक्स छलि भएको रकम आउन सक्ने जोखिम उच्च रहेको बताउनुभएको हो । त्यस्तै सहकारी क्षेत्रमा मानिसको दवाव र बैंकिङ अपराध बढ्न सक्ने उच्च जोखिम समेत रहेकोले त्यसको सुपरिवेक्षणमा सहकारी विभागले आफ्नो सक्रियता बढाउनुपर्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग आफै अनुसन्धानमा जाने भन्दा पनि नियामक निकायहरुसँगको सहकार्यमा काम गर्ने बताउनुभयो । सम्पत्ति शद्धीकरणका लागि सहकारी क्षेत्रमा देखिएको कर्मचारीको क्षमता र ज्ञान नै मुख्य चुनौति रहेकोले सहकारी संस्थाहरुले प्राविधिक उपकरण र क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । महानिर्देशक भट्टराईले सहकारी संस्थाहरुले पनि ग्राहकको केवाइसी भर्ने, पैसा लिने तर संकास्पद भए रिपोर्टीङ गर्ने काम गर्नुपर्ने बताउनुभयो । त्यसो गर्न नसक्ने र लुकाएर राख्ने गरेको पाइए सहकारी संस्था कारबाहीमा पर्ने बताउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले विभागले जारी गरेका निर्देशनहरु सहकारी संस्थाहरुलाई अक्षरस परिपालना गर्न निर्देशन दिनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण निवारणको कार्यमा अन्तर्राष्ट्रिय दायित्व भएकोले पनि यो विषयमा जानकारी भएन भनेर छुट नहुने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरणमा अहिले सम्म केही संस्थाहरुलाई कारबाही गरिएको, केहीलाई सचेत गराइएको र केहीलाई छानविनमा ल्याइएको उल्लेख गर्दै गलत गर्नेलाई कारबाही गर्न एक इन्च पनि बाँकि नराख्ने बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण न्यूनिकरणका लागि बैंकिङ क्षेत्रमा गोएमएल लागू भइसकेको र सहकारी क्षेत्रमा पनि लागू गर्ने तयारी विभागले गरिरहेको बताउनुभयो । बैंकिङ क्षेत्रमा आफ्नो पैसा राख्न स्रोत खुलाउने पर्ने कारणले सहकारी क्षेत्रमा त्यस्तो रकम आउन सक्ने भन्दै विभागले अनुसन्धानमा सक्रियता बढाएको समेत उहाँले बताउनुभयो ।

रजिष्ट्रार पाण्डेले सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयनका लागि सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा कार्यान्वयन समिति समेत गठन गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय सहकारी संस्थाहरुले कारोबारका आधारमा एसटीआर र टीटीआरको रिपोर्ट नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा पठाईराखेको र त्यसको बोधार्थ सहकारी विभागमा पनि आउन सुरु भइसकेको बताउनुभयो । त्यसले सम्पत्ति शुद्धीकरण न्युनिकरणमा दायित्व परिपालिनाका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्यलाई अगाडि बढाउन सहज भएको उहाँले बताउनुभयो ।