८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण



फाइल फोटो
अ+ अ-

सुर्खेत। गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आउनुभएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिनुभयो ।

उहाँले १२ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको बताउनुभयो । उहाँका अनुसार अब इलेक्ट्रोमेकानिकल  हाइड्रोमेकानिकलको काम बाँकी छ । बुधबार बिहानदेखि सुरक्षा गोष्टीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ । रासस