१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन

मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
अ अ+ अ-

तेह्रथुम। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लाको म्याङलुङ नगरपालिकाको नवनिर्मित बसपार्क र मेयङलुङ कृषि शीतभण्डारको उद्घाटन गर्नुभएको छ । म्याङलुङ नपा–२ स्थित बसपार्क र नपा–९ साब्लास्थित मेयङलुङ शीतभण्डारको आज मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार जनताको हितका लागि काम गर्न सधैँ तत्पर रहने बताउनुभयो । जनताको हितका लागि निर्माण गरिएका संरचनाहरूको संरक्षणमा सरकारलाई सबैले सघाउनुपर्नेमा उहाँको जोड थियो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसपार्क व्यवस्थित नहुँदा नागरिकहरूले सास्ती भोग्नुपरेको अवस्थामा प्रदेश सरकारको लगानीमा व्यवस्थित बसपार्क निर्माण भएको हो । प्रदेश सरकारको रु सात करोड ५३ लाख लागतमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, बसपार्क पहुँच मार्ग, बस विश्राम सेड, बसपार्क क्षेत्र आरसिसी र गार्ड हाउस निर्माण गरिएको छ ।

आशिस आशिर्वाद जेभी निर्माण कम्पनीले विसं २०७६ साल असारमा सम्झौता गरी २०८१ असारमा बसपार्कको निर्माण सम्पन्न गरेको थियो । नौ जना स्थानीयहरूले १० रोपनी जग्गा दान गरेर उपलब्ध गराएको जग्गामा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत ढेड वर्षअघि नै बसपार्क निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले म्याङलुङ नगरपालिकालाई नवनिर्मित बसपार्क हस्तान्तरण गरेको छ । नगरपालिकाले नियमानुसार बसपार्क सञ्चालन र मर्मत सम्भारको जिम्मा पाएपछि अब लगत्तै सञ्चालनमा ल्याउने म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो ।

नपा–९ साब्लामा कियाचु कृषि सहकारी संस्थाले विसं २०७७ सालयता एक हजार मेट्रिक टन क्षमताको ‘मेयङलुङ कृषि शीतभण्डार’ सञ्चालनमा ल्याएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिकाको रु १५ लाख र सहकारीको आफ्नो रु एक करोड ३४ लाख बजेटमा १४ रोपनी चार आना जग्गामा शीतभण्डार निर्माण निर्माण गरिएको छ।

शीतभण्डार सञ्चालन भएपछि बजार अभावका कारण किसानहरूको बारीमै  किबी र सुन्तला शीतभण्डारमा केही समय भण्डारण गरेर बेच्दा बजार अभावको समस्या हटेको छ । त्यस्तै आलु कुहिएर महँगोमा किन्नुपर्ने आलुको बिउ शीतभण्डारमा भण्डारण गर्न थालेपछि कृषकहरूले बजारमा सस्तोमा पाउन थालेका छन् ।

किसानका लागि सञ्चालनमा ल्याइएको शीतभण्डारको उपयोगिताको बारेमा किसानहरू अनभिज्ञ हुँदा सुरुमा सहकारीलाई शीतभण्डार सञ्चालनमा निकै सकस परेको कियाचु कृषि सहकारी संस्थाका अध्यक्ष टङ्कमाया तिगेलाले बताउनुभयो ।

जिल्लामा पहिलोपटक सञ्चालनमा आएको प्रविधिको प्रयोग गर्न किसानहरूमा अनभिज्ञता भएपछि जिल्लाका विभिन्न कृषक समूहरूमा सहकारीले शीतभण्डार शिक्षा लगालयतका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

त्यतिले मात्र नभएपछि सहकारीले आफैँ किसानका बगैँचामा गएर सुन्तला, किबी फलफूल खरिद गरी शीतभण्डारमा भण्डारण गरेर बजारमा बेच्न निकाल्ने, आलु खरिद गरी आलुको बिउ बिक्री गर्ने गरेर किसानहरूलाई डेमो देखाएपछि अहिले भने शीतभण्डारमा स्वतस्फुर्त भण्डारण गर्न ल्याउने किसानहरू बढेको अध्यक्ष तिगेलाको भनाइ छ ।रासस