२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय



अ+ अ-

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी अवैधरूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, विद्युतीय सामग्री, सवारी पार्टपूर्जा, पशुचौपाया तथा अवैध काठलगायतका वस्तु बरामद गरी सो मूल्य बराबरको मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको बताउनुभयो ।

उहाँले माघमा मात्र विभिन्न मुद्दामा फरार अदालतबाट १० वर्ष छ महिना १६ दिन कैद एवं रु ४२ हजार ७०० जरिवाना जम्मा भएका फरार नौ प्रतिवादीलाई विभिन्न स्थानबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा दाखिला गरेको जानकारी दिनुभयो ।

उपरीक्षक कोइरालाले माघमा मात्र अभद्र व्यवहार, लागुऔषध, जबर्जस्ती करणी, कर्तव्य ज्यान र अन्य अपराधका १२८ विरुद्ध मुद्दा दर्ता गरिएको र १५० लाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसमध्ये सबैभन्दा बढी अभद्र व्यवहारमा पक्राउ परेका छन् । जसमा चार विदेशी रहेका जनाइएको छ ।

प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक अपराध घटाउने उद्देश्यले साइबर अपराध, लैङ्गिक हिंसा, ट्राफिक नियम र लागुऔषधसम्बन्धीका कार्यक्रम स्कूल तथा विभिन्न स्थानमा गर्दै आएको छ ।