१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार
अ अ+ अ-

सिरहा। सिरहाको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार भएको छ ।

दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा आज प्रस्तुत तथ्याङ्कअनुसार नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र क्लबको साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनामार्फत खानेपानीको पहुँच विस्तार भएको हो ।

सन् २०२४ मार्चदेखि २०२५ मार्चसम्म तीन सय दलित घरधुरीमा धारा जडान गरिएकामा एक हजार ५०६ जना लाभान्वित भएका त्यस अवसरमा जानकारी दिइयो । यसैगरी अन्य समुदायसमेत गरी हालसम्म पाँच हजार ४०० घरधुरीमा धारा जडान हुँदा नगरपालिकाका कुल घरधुरीमध्ये २६ प्रतिशतमा सुरक्षित खानेपानीको पहुँच पुगेको विकन परियोजनाका कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीले जानकारी दिनुभयो ।

खानेपानीको पहुँचसँगै विद्यालय र स्वास्थ्य संस्थामा सरसफाइ तथा स्वच्छता सुधारमा पनि योगदान पुगेको उहाँले बताउनुभयो ।

“यस वर्ष नौ वटा विद्यालयमा सुरक्षित खानेपानी, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण हुँदा दुई हजार ६२८ विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्”, लोहनीले भन्नुभयो,“यस्तै, दुई वटा स्वास्थ्य संस्थामा सुरक्षित सोहीअनुसार भौतिक संरचना निर्माण गरिएका छन्, जसबाट दैनिक औसत ४६ जना र मासिक एक हजार १२ जना सेवाग्राहीले सेवा लिइरहेका छन् ।”

विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुनिश्चित गर्न तीन तारा पद्धति प्रमाणीकरणका लागि अनुगमन गरिएको छ । अनुगमनपछि सात वटा विद्यालयलाई पालिकाबाट एक तारा प्रमाणपत्र प्रदान गरिएको क्लबले जनाएको छ ।

परियोजनाअन्तर्गत नगरपालिका र वडासँगको साझेदारीमा धारा जडानका लागि बजेट विनियोजन गरिएको जनाइएको छ । वडा नं २ ले ३९ घरका लागि रु एक लाख २३ हजार ६३०, वडा नं १७ ले ३८ घरका लागि रु ५७ हजार, वडा नं १४ ले ७८ का लागि रु दुई लाख ६७ हजार २६० सहयोग गरेको छ । यस्तै, नगरपालिकाबाट २७७ दलित घरधुरीलाई प्रतिघरधुरी रु तीन हजार सात सय २० का दरले रु १० लाख ३० हजार ४४० सहयोग प्रदान गरिएको छ ।

विद्यालयमा सञ्चालन गरिएका स्वस्थकर व्यवहार परिवर्तन कक्षापछि विद्यार्थीको नियमित उपस्थिति बढ्नुका साथै साबुनपानीले हातधुने बानीमा उल्लेखनीय सुधार आएको क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले बताउनुभयो ।

“विद्यालयमा सञ्चालन गरिएका स्वस्थकर व्यवहार परिवर्तन कक्षाले विद्यार्थीको नियमित उपस्थिति बढाएको छ भने साबुनपानीले हात धुने बानी दैनिक अभ्यासमा परिणत भएको छ । जहदी र पडरीया समुदायमा पनि कक्षा सञ्चालनपछि शौचालय प्रयोग र सरसफाइमा सकारात्मक परिवर्तन देखिएको छ”, उहाँले भन्नुभयो ।

क्लबका अनुसार, चालु आर्थिक वर्षमा चार वटा विद्यालय र एउटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी भौतिक संरचना निर्माण गरिनेछ ।

यस्तै, १० वटा विद्यालयमा तीन तारा पद्धति अभिमुखीकरण र स्वमूल्याङ्कन, समुदायमा छ वटा स्वस्थकर व्यवहार कक्षा सञ्चालन तथा ४०० दलित परिवारमा धारा जडान गर्न सहयोग गर्ने योजना रहेको कार्यक्रममा वितरित विवरणमा उल्लेख छ । यहाँ सन् २०१८ देखि विकन परियोजना सञ्चालनमा रहेको छ ।रासस