१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…

राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
अ अ+ अ-

कालीकोट। राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो ।

नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उहाँले भन्नुभयो, “यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन । हाम्रो लागि खुसीको विशेष क्षण छ ।

मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर) सेवा लिने गर्भवती आमा । तिनका आफन्त ।” किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी निर्सिङ इन्चार्ज धामी गम्भीर देखिनुभयो । उहाँले भन्नुभयो,“अब मैले, मेरा स्टाफ र कहिलेकाँही सुत्केरीका आफन्तले वर्थिङ्का क्रममा कपडा धुन नपर्ला । धेरै सहज हुन्छ ।

वर्षा र जाडो दुवै मौसममा सक्नुपर्ने कपडा नसुक्ने अवस्था छ ।” तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष आग्रह र पहलमा नेपाल रेड्क्रस सोसाइटी कालीकोट शाखाले अस्पतालमा ‘वासिङ मेसिन’सहित अन्य सामग्री उपलब्ध गराएपछि अस्पताल स्रोत साधनमा अझ दर्बिलो भएको हो ।

अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’ को प्रयोग पश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘वर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाको लागि अन्त्य हुने जनाइएको छ ।

लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले अस्पतालका लागि १२ केजी क्षमताको सुक्खा ‘वासिङ मेसिन’सहित ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि प्रतिक्षा कुर्सी, पानी प्रशोधन उपकरण पनि अस्पताललाई सहयोग गरेको छ ।

तिलागुफा नगर प्रमुख उपाध्यायले भन्नुभयो, “चिसो समयमा चिसो पानीमा वर्थिङ सेन्टरका कपडा एवं गर्भवतीका कपडा हातले नै धुनुपर्ने अवस्था थियो । यस्तो पिडादायी अवस्थामा रेडक्रसले ‘वासिङ मेसिन’लगायत अन्य सामग्री सहयोग गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु । ”

अविवाहित ‘निर्सिङ इन्चार्ज’ धामीले भन्नुभयो “झट्ट हेर्दा ‘वासिङ मेसिन’ सानो सहयोग हो यो तर अस्पतालमा यसले ठूलो महत्व राख्छ । एकातिर समयको बचत अर्काेतर्फ सेवाको प्रभावकारी बृद्धि गर्छ । मैले नै कति पटक त वर्थिङमा प्रयोग गर्ने कपडा, गर्भवती तथा सुत्केरीका कपडा धुनु परेको छ ।

चिसोले हात कटक्क हुँदाहुँदै कपडा धोइयो तर सुक्दैन । घाम कम लाग्छ । अलि अलि सुक्यो ढुसी पर्छ । ढुसी कपडा प्रयोग गर्न मिल्दैन । ढुसी परेका कपडाले गर्दा रोगको सङ्क्रमण हुने जोखिम त्यत्तिकै हुन्छ । हैरानीमा थियौँ । ‘वासिङ मेसिन’ भएपछि अव ती दिन सम्झना मात्र रहलान् । ” यहाँ असोजको अन्त्यदेखि नै अत्याधिक चिसो सुरु हुन्छ । यो हिउँ पर्ने क्षेत्र पनि हो । चिसो चैतसम्म जारी रहन्छ ।

कर्णाली राजमार्ग नजिकै रहेको राजुली नगरअस्पतालद्वारा सञ्चालित बर्थिङ सेन्टरमा गत कात्तिक र मङ्सिर महिनामा एकजनाले पनि सुत्केरी सेवा लिएनन् । चिसोका समयमा सुत्केरीलाई झन् पीडा हुन्छ । अभिभावक र स्वास्थ्यकर्मीसमेत समस्या पर्ने जनाइएको छ । तिलागुफा नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालको क्षमता दश शय्याको छ ।

सुत्केरी हुनका लागि यहाँ विशेष गरेर राजुली –२ रतडा, राजुली– ३ फोइमहादेव र राजुली –४ राजुलीबाट सेवाग्राही आउने गर्दछन् । निर्सिङ इन्चार्ज धामीका अनुसार गत आवमा अस्पतालमा ५४ जना सुत्केरी भएका थिए भने चालुआवको तीन महिनामा १४ सुत्केरी भएका थिए । यहाँ ‘वर्थिङ सेन्टर’ सञ्चालन हुनुपूर्व कि मान्मा जिल्ला अस्पताल, जुम्ला अस्पताल जानुपर्ने अवस्था थियो ।

अस्पतालमा गर्भवती आमा तथा नवजात शिशुको सुत्केरीका क्रममा अकालमा मृत्यु भएको छैन । गत आवमा तीन जना गर्भवतीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको छ । प्रतिष्ठानले एकजना ‘एमबिविएस’ चिकित्सक उपलब्ध गराएपनि चिकित्सकको अस्पतालमा उपस्थिति कमै हुने जनाइएको छ ।

स्वास्थ्यका जोखिम कर्णाली राजमार्गसँगै जोडिएका यो नगरपालिकामा ११ वडा छन् । ती वडा यति दुर्गम छन् कि सबै वडाका बस्तीमा पुग्न पैदल ४२ दिन लाग्छ । वडा नं ९, १० र ११ तिला नदी पारी छन् । २०७९ साल असोजको बाढीले तिला नदीको पक्की पुल बगाइँदिँदा ती वडामा यातायात सेवा स्थायी रुपमा सुचारु गर्न अहिले पनि नगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । नगरपालिकाका सबै वडा विभिन्न किसिमका विपद् र स्वास्थ्यको दृष्टिकोणले जोखिम मानिन्छ ।

ती जोखिमलाई घटाइ समुदायलाई उत्थानशील बनाउन नेपाल रेडक्रसले नगरपालिकासँग सहकार्य गरेर खानेपानी र सरसफाइ, स–साना सिँचाइ, स्वास्थ्य, जीविकोपार्जन, शिक्षाका गतिविधि सञ्चालन गरिरहेको एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमका जिल्ला संयोजक रवी लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“स–साना गतिविधि र सहयोगले समुदायमा ठूलो खुसी ल्याएको छ । कार्यक्रमको अन्त्यन्त सकारात्मक प्रभाव परेको छ । ”

हालसम्म गाल्जे खानेपानी आयोजना, दलित टोल बदमवाडा खानेपानी आयोजना, देवार्ताेली खानेपानी आयोजना, देउरुख खानेपानी आयोजना सम्पन्न भई समुदायलाई हस्तान्तरणसमेत गरिसकिएका छन् । ती आयोजनाबाट अति विपन्न समुदायका करिब एक हजार परिवार लाभान्वित भएका छन् ।

सो कार्यक्रमले तिलागुफा नगरपालिकाद्वारा सञ्चालित आपत्कालीन कार्य सञ्चालनकेन्द्रका लागि खोज तथा उद्धार र प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो । ती सामग्रीमा ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण, ‘स्ट्रेचर’, अग्नि सामकयन्त्र र प्राथमिक उपचार सामग्री रहेका छन् ।

हस्तान्तरित प्राथमिक उपचार सामग्री नगरका विभिन्न ११ विद्यालयमा उपयोग गरिएको छ । ‘वासिङ मेसिन’, ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि कुर्सि, पानी प्रशोधन उपकरण राजुली नगरअस्पतालमा उपयोग गरिएको छ । कर्णाली राजमार्गसँगै जोडिएको यो नगरपालिका विपद् जोखिमका दृष्टिकोणले जोखिम क्षेत्र मानिन्छ । नगरप्रमुख उपाध्याय नेपाल रेडक्रस मेरो विपद्को साथी बनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “लक्जम्बर्ग रेडक्रसलाई म विशेष अभार व्यक्त गर्न चाहन्छु ।

उसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ नगरपालिकासँगको साझेदारीमा सञ्चालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम केवल परियोजना मात्र रहेन विपद् जोखिम घटाउन आशा बनिरहेको छ । परियोजनाका सहयोगबाट समुदायमा ठूलो परिवर्तन र खुसी ल्याएको छ । समुदायलाई उत्थानशील बनाउने कार्यक्रमकाध्येयबाट यहाँका असङ्ख्य विपन्न परिवार लाभान्वित भएका छन् । ”

खानेपानी र सरसफाइ , स्वच्छता स्वास्थ्य जीविकोपार्जन , संस्थागत क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धिका क्षेत्रमा कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा काम गरिराखेको जिल्ला संयोजक लामिछानेले बताउनुभयो । रासस