७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ?

मलाई त लाग्थ्यो उनीहरु लोकतन्त्रका सुन्दर फूलहरु हुन् । तर अहिले त किन हो काँडा भएर निस्किए ।

अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ?
अ+ अ-

काठमाडौं । गएको भदौ २२ र २३ गते भएको जेनजी आन्दोलनलाई सबैभन्दा पहिला समर्थन गर्ने ठूलो राजनीतिक दलमध्येको पार्टी हो तत्कालीन माओवादी केन्द्र । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका माग आफ्नै पार्टीले उठाएका जस्ता माग रहेका भन्दै त्यसको समर्थन गरेका थिए । उनले जेनजीको आन्दोलनप्रति खुलेरै समर्थन पनि गरेका थिए ।

त्यसपछि विस्तारै खुलेका राजनीतिक दलहरुले सबैले सो आन्दोलनको विरोध गरे । एमालेले खुलेरै सरकारको विरोध गर्यो भने कांग्रेसले संस्थागत रुपमा नगरे पनि केही नेताले भने आन्दोलनको विरोध गरे ।

तर, माओवादीमा भने न संस्थागत एवं नत व्यक्तिगत रुपमा नै कुनै नेताले सो आन्दोलनको विरोध गरेका थिए । अझ अध्यक्ष प्रचण्डले त झन् सरकारको समर्थन मात्र गरेका होइनन् कि निर्वाचनका लागि सरकारलाई सबै मिलेर समर्थन गर्नुपर्छ भनेका थिए ।

उनले सार्वजनिक समारोहमै जेनजी आन्दोलन र त्यसमा भएका विध्वंस वर्तमान सरकारको गल्ती नभएर पूर्ववत् ओली सरकारका कारण भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी पूर्व प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने भनेका थिए ।

साथै यो निर्वाचनमा सहभागी हुनुहुँदैन भन्नु प्रतिगमन पुनः फर्काउन खोज्नु हो सम्म पनि भन्न भ्याए । यतिमात्र नभएर उनले बालेन साह, रवि लामिछानेलाई लोकतन्त्रका सुन्दर फुल समेत भन्ने गरेका थिए ।

तर शनिबार उनी अकस्मात आफ्ना यी पुराना बिचारहरुबाट युटर्न भएका छन् । उनले नेपाली कम्युनिष्ट पार्टीको बागमती प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै सरकारमाथि मात्र नभएर बालेन, रवि माथि पनि खनिए ।

उनले सरकार निर्वाचन गर्ने मुडमा नरहेको आफूले पाएको हिजो खुलासा गरे । उनले सो सभामा यस्तै पारा हो भने त कसरी चुनाव हुन्छ र ? सरकारले कसरी चुनाव गर्न सक्छ र ? भनेर प्रश्न गरेका थिए । त्यस्तै उनी हिजो नै रवि बालेनहरुमाथि पनि नराम्ररी खनिए । उनले आफूले उनीहरुलाई लोकतन्त्रका सुन्दर फूल भन्ने गरेको तर पछिल्लो समयमा आएर भने उनीहरु काँडा भएर निस्किएको प्रतिक्रिया दिए ।

उनले भनेका थिए— मलाई त लाग्थ्यो उनीहरु लोकतन्त्रका सुन्दर फूलहरु हुन् । तर अहिले त किन हो काँडा भएर निस्किए । सो पार्टीका प्रदेशस्तरीय सभाहरुमा उनको काम पूर्ववत सरकार र विशेष गरी एमाले अध्यक्ष ओलीलाई गाली गर्ने थियो । तर सरकार र पछिल्लो जेनजी आन्दोलनप्रति उनी नरम नै थिए ।

तर अकस्मात हिजोको सभामा उनको प्रतिक्रिया देखेर मानिसहरुले प्रश्न गर्न थालेका छन् कि— प्रचण्ड अकस्मात किन यसरी बिच्किन पुगे ? एकजना राजनीतिक विश्लेषक भन्छन्— प्रचण्डले वर्तमान सरकारसँग हात लम्काउने खोजेका थिए । यसअघिको सरकारका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेसँग यो सरकार हात बढाउन सक्दैन, त्यसैले आफू नजिक भएर यी ठूला दलमाथि जाइलाग्छु भन्ने दाउमा उनी थिए । तर प्रधानमन्त्री सुशिला कार्कीले उनलाई भेट नदिएपछि पछिल्लो समय प्रचण्ड बिच्किएका हुन् ।

यसको वास्तविकता त के हो भोलिका दिनमा खुल्दै जाला । तर अहिले उनी अकस्मात बिच्किन पुगेको कारण भने गम्भीर नै हुनुपर्दछ । सायद, यसको गहिराई उनी हिजो प्रस्तुत भएको शैलीबाट पनि बुझ्न सकिन्छ । किनभने सम्बोधनका क्रममा उनी बढी नै आक्रोषित थिए ।