१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
अ अ+ अ-

काठमाडौँ। पाँचौँ अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर महानगरपालिका—८ का रुविन महर्जन र शिवसताक्षी—८ की इभाना थापाले स्वर्ण पदक जितेका छन् । खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुषतर्फ फाइनलमा रुविनले ललितपुर—१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी-८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।

महिलातर्फ उपाधि भिडन्तमा इभानाले सङ्खुवासभा—४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा पराजित गरिन् । धरान उपमहानगरपालिका—१६ की दीक्षा दाहाल र काठमाडौँ महानगरपालिका—२६ की अनिता महर्जन तेश्रो बने ।

स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्समा काठमाडौँ—२६ का चन्दन शाही पहिलो भए ।

उनले फाइनलमा ललितपुर—२ का समीप श्रेष्ठलाई ११–३, ११–७ र ११–८ ले पाखा लगाए । ५० वर्षमाथि पुरुष सिङ्गल्स फाइनलमा ललितपुर—११ का राजेन्द्र बज्राचार्यले कीर्तिपुर—६ का जय महर्जनको चुनौती १२–१०, १२–१४, ११–६ र ११–७ ले पन्छाउँदै पहिलो भए ।

पुरुष टोली इभेन्टमा ललितपुर—८ को टोलीले ललितपुर—७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।यो सँगै उक्त टोलीले तीन स्वर्ण जित्न सफल भयो ।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल केसी, बागमती प्रदेश खेलकुद विकास परिषद्, का सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक स्पिन टेबलटेनिस क्लबका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

त्यस अवसरमा टेबलटेनिस खेलको निरन्तर विकास, प्रवर्द्धन र संस्थागत उन्नयनमा अतुलनीय योगदान पु¥याएको भन्दै टेबलटेनिसका पूर्वजुनियर राष्ट्रिय च्याम्पियन महेश भीम सेरियालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

दुबइमा भएको पाँचौ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको पुरुष सिङ्गल्समा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।

पाँचदिने उक्त प्रतियोगितामा चार सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक ज्याकी महर्जनले जानकारी दिनुभयो ।रासस