१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम



अ+ अ-

काठमाडौँ। यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् ।

गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ ।

हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसैगरी, कामपाले आफ्नोमातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ । कामपाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको बताइएको छ ।

त्यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना र कक्षा ११ र १२ मा तीन हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका ज्ञावालीले जानकारी दिनुभयो । शिक्षातर्फ यस वर्षका लागि रु तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात् रु एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार खर्च भएको छ ।

यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा रु एक अर्ब चार करोड ८५ लाख २७ हजार विनियोजन गरिएकामा त्यसको ३० प्रतिशत अर्थात् रु ३१ करोड ५६ लाख पाँच हजार खर्च भएको छ । ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि रु ६० करोड विनियोजन गरिएकामा रु पाँच करोड एक लाख ६६ अर्थात् ८.४ प्रतिशत खर्च भएको कामपाको भनाइ छ ।

त्यसैगरी, शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि रु ११ करोड १४ लाख विनियोजन भएकामा रु चार करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भयो । सङ्घीय सशर्त अनुदानबाट रु एक अर्ब ४२ करोड ३४ लाख ५० हजार प्राप्त भएकामा यसको ९२.९ प्रतिशत अर्थात् रु एक अर्ब ३२ करोड २२ लाख खर्च भएको बताइएको छ ।




भर्खरै