७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर

ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर
अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको आज सम्पन्न ११ औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा केपी ओली पुनः निर्वाचित भएका छन् । उनले एमालेको अध्यक्षमा ह्याट्रिक गरेका छन् । उनको जित त अपेक्षित नै थियो तर मिडियाले जेनजी आन्दोलनपछि एमालेको नेतृत्वमा उनको पुनरागमन नहुने अड्कलबाजीहरु गरिरहेका थिए । परिणाम त्यस्तो आएन, ओली अध्यक्षमा अत्यधिक बहुमतले निर्वाचित भए ।

तर मतदाताले एउटा सन्देश भने दिए कि ओलीका सहयोगी र अन्ध समर्थक ठिक छैनन् । विष्णु रिमाल हार्नु, यति सम्म हार्नु कि केन्द्रीय सदस्यमा पनि नआउनु पहिलो सन्देश हो भने महासचिवमा सुरेन्द्र पाण्डेले ल्याएको मत अर्काे सन्देश हो । रिमालसँग जत्तिकै महासचिव दोहोर्याएका शंकर पोखरलेसँग पनि कार्यकर्ता खुसी छैनन् भन्ने सन्देश पाण्डेले पाएको मतले स्पष्टसँगै दिएको छ ।

आजको ओलीको जित नयाँ ब्रेकिङ त होइन तर पनि जेनजी आन्दोलन र त्यसमा भएको जनधनको क्षतिमा जसरी जाँचबुझ आयोगले उनलाई तारो बनाउने सुर कसिरहेको छ, त्यसको पृष्ठभूमिको यो जित केही होइन भन्ने पनि होइन । किनभने देशको ठूलो राजनीतिक पार्टीबाट यसरी अनुमोदित अध्यक्षसँग बयानका नाममा हुन र गर्न सक्ने हर्कतलाई यो जितले औँला भने ठड्याएकै छ ।

आजको अर्को  समाचार हो रास्वपाका सभापति रवि लामिछानेको रिहाई । उनको रिहाई भने अनपेक्षित थियो, तर भयो । आज साँझको यो घटनालाई समाचारका रुपमा मात्र नलिएर राजनीतिक घटनाक्रमको विकाससँग जोडेर हेर्ने पनि धेरै छन् । उनीहरुको प्रश्न छ— अब के हुन्छ ?

जेनजी आन्दोलनपछि उम्रिएका नयाँ दलहरु त जनअनुमोदित हुन बाँकी नै छ, तर रास्वपाले ८४ को चुनावलाई मिसन नै बनाएको थियो । उसले पुराना दललाई ८४ मा देखाइदिन्छौँ भनी थालेको अभियान अगावै देशले चुनावको घोषणा गरिसकेकोले त्यो चुनाव र यी रविको रिहाइको अबको संयोग के होला ? त्यसलाई अबका केही दिनका दलका, सरकारका र खासगरी नवनिर्वाचित ओलीका गतिविधिले पनि नयाँ स्वरुपमा परिभाषित गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

हिजोका दिनको भाष्य के थियो भने रविको कुनै गल्ती छैन, तर पुराना पार्टीहरुले ८४ को निर्वाचनमा रास्वपाको धम्की देखेर जेल हालेका हुन् । रवि जेलबाट मात्र निस्किएका हुन्, सफाइ पाएका होइनन् । तर पनि एक नभई तीन अदालतमा मुद्धा रहेका रवि चुनावका केही दिनमात्र अघि रिहा हुनुलाई केवल रिहाइमात्र बुझ्नु हुँदैन ।

आजैका दिन सार्वजनिक भएको अर्को समाचार हो पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण । उनी हिजो नै स्थलमार्ग भएर भारतको सिलीगुडी पुगेका छन् । समाचार स्रोतले भनेअनुसार उनको भारत भ्रमण र नेपालको राजनीतिक घटनाक्रमसँग कुनै सम्बन्ध त छैन, तर यतिखेरको उनको यो भ्रमण र करिब एक हप्ताको बसाईलाई केबल घुमघामका रुपमा मात्र पनि लिन सकिँदैन ।

उनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अध्यक्ष मोहन भागवतसँग पनि भेटघाट गर्नेछन् । अनि यो भेटघाटमा हुने नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगको सम्बन्धलाई नकार्न सकिने अवस्था पनि छैन । पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतले नै राजनीतिक कुराकानी या भेटवार्ता हुन सक्ने कुरालाई नकार्न नसकिने बताउँछ ।

आजका यी तीन घटनाक्रम केवल समाचारका विषयवस्तु मात्र नभएर राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेर्नुपर्ने र हेर्न सकिने कुरालाई नकार्न सकिन्न ।