३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले यस्तो बताउनुभएको हो ।

उहाँले वन मन्त्रालयमै विदेशी पैदावारबाट बनाइएका सामग्रीको प्रयोग हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले नीतिमा सुधार गर्नुका साथै व्यवहारिक कुरामा पनि सुधार गर्नको लागि हरेक दिनलाई अन्तिम दिन मानेर काम गरिरहेको बताउनु भयो । उहाँले स्वदेशी कच्चा पदार्थको प्रयोग, नीतिगत सहजीकरण र बजार विस्तारको विषय सरकारको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले आफ्नो संरचना बनाउँदा आफ्नै वन पैदावार प्रयोग गर्ने कुराहरु पनि आएका छन् । पहिलो दिन हामी वन मन्त्रालय जाँदा मन्त्रीको कार्यकक्षको जुन बाटो हुँदै गयौँ । त्यहाँ विदेशी वस्तुको मात्रै प्रयोग  गरेको देख्दा हाँसो उठिरहेको थियो । यो भन्दा लज्जास्पद कुरा केही पनि छैन । अनि हामीले विस्तारै परिवर्तन गर्दै जाने निर्णय गरेका छौँ । हामी हरेक दिन अन्तिम दिन मानेर काम गरिरहेका छौँ । अर्को दिन शुरु भएपछि फेरि अन्तिम दिन भनेर नै काम गर्ने हो । हामीलाई ३० दिन दिनुहोस् हामी केही न केही गर्छौं ।’

उहाँले वन पैदावार उद्योगी व्यवसायीहरुलाई ३० दिनमा परिणाम दिनेगरी अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।