५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली

म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली
अ+ अ-

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ ।

शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गर्नुभएको हो ।

अध्यक्ष ओलीले जेन—जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आपूmले ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु । सम्झिरहेको छु–तीन महिना अघिका ती कहालीलाग्दा दिनहरु । जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो । आततायीहरुबाट जलाईरहिएको थियो । जतिबेला संविधान, लोकतन्त्र, र यसका आधार स्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो । एउटा भाष्य निर्माण गर्ने कोशिस भईरहेको थियो । पुराना पार्टीहरु सकिए, पुराना नेताका दिनहरु गए । र नेकपा एमालेका सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो । धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यहाँ यो जनसागर उर्लिएको छ । म ढुक्कले भन्न सक्छु–लोकतन्त्र अजय छ । नेकपा एमाले अजम्वरी छ ।’

अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भको रुपमा रहेका राजनीतिक दलहरुमाथिको हमला स्वीकार्य नहुने समेत बताउनु भयो ।