२४ मंसिर २०८२, बुधबार
,
Latest
काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताउनुभएको छ ।

काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उहाँको भनाई छ । उहाँले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तराष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ । यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै राख्दै आयौँ । अहिले पनि त्यो चीजलाई हामीले आफ्नो अवधारणामा राखेका छौँ । यसको अर्थ भोली के हुन्छ, त म यहाँहरुलाई भन्न चाहन्छु केन्द्रले निर्णय गरेपनि यो एजेण्डा यो हाईटमा उठाउन पर्ने विषय नै थिएन । तर अब यो एजेण्डा आउने दिनको लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ ।’ 

उहाँले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताउनु भयो । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भएपनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको बताउनु भयो ।