२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो



अ+ अ-

चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनुभयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो ।

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”

यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन् । उहाँले भन्नुभयो, “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन ।” कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उहाँले बताउनुभयो । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उहाँले बताउनुभयो ।

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरुलाई यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो । यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ । रासस