१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित

साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित
अ अ+ अ-

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ ।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।  २

जनकपुरका सञ्जयकाले सर्वाधिक ५१ रन बनाए। ३९ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। संगित कोरे २५ रनमा आउट हुँदा अन्यको ब्याटिङ भने चल्न सकेन।

कर्णालीका विलियन बसिस्टोले सर्वाधिक २ विकेट लिए। मार्क वाट, पवन सर्राफ, दीपेन्द्र रावत, नन्दन यादव र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो।

कर्णालीका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।

गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।