२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको हो । उहाँले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको बताउनु भयो ।

उहाँले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गर्नुभयो । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भुमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नागरिक उड्डयनको नवप्रवर्तनको प्रवद्र्धन भन्ने नाराका साथ आज हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइरहेका छौं । त्यसैले आजको दिन हामी सबैको महत्वपूर्ण रहेको छ । आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुगाउने माध्यम मात्र होइन । यो नवप्रर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको मेलमिलाप हो । उडानहरु अझै सुरक्षित, पर्यावरणमैत्री र यात्रुअनुकुल हुनको लागि विश्वभरी नै नयाँ नयाँ प्रवर्तनहरु भइरहेका छन् । अहिले प्रविधि र एआईजडित सेवाहरु पनि आइरहेका छन् । तर केविन क्रूको भूमिकालाई मसिनले प्रतिस्थापन गर्न सक्छ । मैले निष्कर्ष निकालेको छु । सक्दैन । जुन सेवा यहाँहरुले प्रदान गरिरहनुभएको छ । त्यो सेवा मेसिनले प्रवाह गर्न सक्दैन । त्यही भएर मैले सुरु मै भने मानवकेन्द्रित सेवाले मात्रै सञ्चालन हुन्छ । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी अनियमित मौसम र यात्रुको मनोदशा तथा हरेक परिस्थितिमा तपाईहरुको साहस र करुणा नै तपाईहरुको पहिचान हो ।’ 

उहाँले प्रभावकारी उड्डयन सेवा प्रवाह गर्न सरोकावालाहरुलाई आग्रह पनि गर्नुभयो ।