१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना

सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताउनु भयो । उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताउनु भयो ।

उहाँले संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उपसभामुख रानाले भन्नुभयो,‘मलाई डर लाग्दैन अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौति भनेर के के कटौति ग¥यौं । त्यो कुरा सरकारलाई थाहा छ–खर्च कटौति गरेर देश बन्दैन । खर्च करप्शन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो । जहाँ काम भईरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन । यहाँ संसद सचिवालयका कर्मचारीहरुलाई याक्टिभ गराउनुप¥यो । टे«निङ दिनुप¥यो । मैले सुन्छु– सेमिनर गर्न नपाउने रे होटलमा, यो गर्न नपाउने रे ।’

उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभुुति हुने गरेको समेत बताउनु भयो ।