२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनित गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई मनोनित गर्नुभएको हो ।

कांग्रेसको मङ्सिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा अधिकारी र कटुवाललाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।