२९ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै



अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अवलोकन गर्नुहुने भएको छ ।

भण्डारी आइतबार दिउँसो सिंहदरबार पुगेर क्षति पुगेका भवन तथा संरचनाको प्रत्यक्ष अवलोकन गर्ने कार्यतालिका तय भएको हो।

पूर्वराष्ट्रपतिले निरीक्षणका क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँका निकटस्थ स्रोतहरूले जानकारी दिएका छन्।

“सिंहदरबारमा आगजनीपछि क्षति पुगेका भवनहरूको अवलोकनका लागि उहाँ जान लाग्नुभएको हो,” स्रोतले भन्यो, “सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता हुनेछ।”

सिंहदरबारमा भदौ २५ मा भएको आगजनीले विभिन्न कार्यालय कक्ष तथा ऐतिहासिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो।