४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च

दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च
अ+ अ-

एजेन्सी । कतारको अल–राया दैनिकले आजबाट सुरु भएको दोहा फोरम सन् २०२५ को महत्त्वलाई विशेष रूपमा उजागर गर्दै, यो फोरम अहिलेको संवेदनशील विश्व परिस्थितिमा अत्यधिक आवश्यक भएको टिप्पणी गरेको छ ।

फोरमले राजनीतिक तनाव, मानवीय सङ्कट र तीव्र प्रविधि–परिवर्तनका बीच विश्वलाई न्यायपूर्ण दिशातर्फ अघि बढाउन योगदान गर्ने विश्वास पत्रिकाले व्यक्त गरेको छ ।

‘दोहा फोरमः अन्तर्राष्ट्रिय न्याय प्रवद्र्धन गर्ने सक्रिय मञ्च’ ले हालको विश्व परिस्थिति र आवश्यकतालाई स्पष्ट रूपमा समेटेको उल्लेख गरेको छ । पत्रिकाका अनुसार, जटिल विश्वयात्रामा राजनीतिक साहस, मानवएकता र सुशासनको आवश्यकता अझ बढिरहेको छ ।

दोहा फोरमले कतारलाई केवल आयोजक मात्र नभई विश्वको भविष्य निर्माणमा सक्रिय साझेदारका रूपमा स्थापित गरेको बताएको छ । २५ वर्षपहिले स्थापना भएको फोरम अब विश्व नेता, विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई एउटै मञ्चमा ल्याउने महत्त्वपूर्ण केन्द्र बनेको पत्रिकाको टिप्पणी छ । यस वर्ष १६० देशका ६ हजारभन्दा बढी सहभागी र ४७१ वक्ताहरूको सहभागिताले फोरमलाई झनै प्रभावशाली बनाएको उल्लेख छ ।

फोरमका सत्रहरूले मध्यस्थता, गाजा सङ्कट, विश्व स्वास्थ्यका लागि वित्तीय स्रोत, कृत्रिम बुद्धिमत्ताको रणनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्ध जस्ता प्रमुख मुद्दा उठाएको बताइएको छ । यी छलफलहरूले दिगो, सन्तुलित र न्यायपूर्ण विश्व निर्माणका लागि व्यावहारिक समाधान खोज्नु अपरिहार्य रहेको सन्देश दिएको पत्रिकाको निष्कर्ष छ ।

दोहा फोरम २०२५ ले बहुपक्षीय कूटनीतिप्रतिको कतारको दृढ प्रतिबद्धता पुनः पुष्टि गरेको र विश्वका गम्भीर चुनौती समाधान गर्न संवाद र सहकार्यको बाटो मजबुत बनाएको अल–रायाले जनाएको छ ।