काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजके पहिलो खेलमा काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो ।
काठमान्डुको लागि भीम सार्कीले आक्रमक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक पूरा गरे । उनले २२ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए । यस्तै, चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । छैटौं विकेटका लागि भीम र चार्ल्सवर्थले ८४ रनको साझेदारी गरे ।
यस्तै, ओपनर आकाश त्रिपाठी शून्यमा आउट हुँदा रशिद खानले ७ रन, मिलिन्द कुमारले १३, जोन सिमसन २ र आदिल अन्सारीले ७ रन जोडे ।
बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिँदा कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले १/१ विकेट हात पारे।










