२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

मोरङ। मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ ।

आज दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को२त ९६१३ नम्बरको ट्याक्टरमा सवार चार जनामध्ये तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । रासस