१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने तयारीमा, विश्वासको मत नपाउने निश्चित



अ+ अ-

जनकपुरधाम । विश्वासको मत नपाउने अवस्था पक्का भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन्।

प्रदेश सभा बैठकमा सम्बोधन गरेरै पदत्याग गर्ने उनको तयारी रहेको स्रोतले जनाएको छ।

विश्वासको मतका लागि सोमबार बिहान ८ः३० बजे बस्ने भनिएको प्रदेश सभा बैठक मुख्यमन्त्री नै उपस्थित नहुँदा सुरु हुन नसकेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

विश्वासको मतका लागि आवश्यक अंकगणित कमजोर

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न ५४ मत आवश्यक पर्छ। तर सरकारको नेतृत्व गरेको एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एक सांसद निलम्बित छन्। एमालेसँग नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सांसद मात्र समर्थनमा छन्।

वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद राप्रपाले खारेज गर्न प्रदेश सभामा पत्राचार गरिसकेकाले उनले मत दिन नपाउने सम्भावना अझै बढेको छ।

गठबन्धन मजबुत, मत संख्या ७३

सात दलीय गठबन्धन हाल एकजुट देखिएको छ। गठबन्धनका दलहरूसँग ७३ मत रहेको छ । जसअनुसार कांग्रेससँग२२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीसँग १ सांसद छन् ।

लोसपा नेता जितेन्द्र सोनलले गत कात्तिक २२ गते विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएपछि मधेश प्रदेशले फेरि राजनीतिक उथलपुथल बेहोर्नुपरेको थियो।

त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।