१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रु १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो ।” निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । रासस