१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गर्नुभएको हो । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिनुभएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।

साथै उहाँले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताउनुभयो ।

साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।