१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु



Congress Central committee
file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

बैठकमा आगामी पुस अन्तिम सातामा बस्ने कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी कार्यतालिकामा सबै तहमा सहमति बनिरहेको नेतृत्वले दाबी गरेका छन्।

विशेषतः प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेपछि महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमै महाधिवेशन गर्ने मध्यमार्गी प्रस्तावमा सहमत भएको बताइएको छ।

गत मंसिर ६ गतेदेखि महाधिवेशनको मिति टुंगो नलागेपछि कांग्रेसका बैठकहरू निरन्तर सर्दै आएका थिए। अब भने नेताहरूबीच सहमति जुट्दै गएपछि पुस अन्तिम सातामा महाधिवेशन आयोजनाका लागि केन्द्रीय समितिमा औपचारिक प्रस्ताव पेस गरिँदैछ।