५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

जब भीम रावलको ‘जिब्रो चिप्लियो’

जब भीम रावलको ‘जिब्रो चिप्लियो’
फाइल फोटो
अ+ अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेशमा आयोजित एकता सन्देश सभामा शुक्रबार जनसमुदायको उल्लेख्य भीड जुट्यो ।

१५ भन्दा बढी कम्युनिस्ट घटक एकीकृत गर्दै आयोजित उक्त कार्यक्रममा पार्टी एकताको सशक्त सन्देश दिन केन्द्रिय नेतृत्व एकै मञ्चमा उभिएको थियो।

सभाको वातावरण उत्साह, नारा र प्रतिबद्धताले भरिएको थियो। तर कार्यक्रमको अन्तिमतिर नेकपाका शीर्ष नेता तथा पूर्व एमाले उपाध्यक्ष डा. भीम रावलको एक वाक्यले सभा हल केही समय हास्य र अचम्मको वातावरणमा परिणत भयो।

लामो र भावनात्मक सम्बोधनको अन्तिम भागमा पुगेका रावलले अनायासै भने— ‘आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतको यात्रालाई कसैले रोक्न सक्ने छैन।’

सुरुमा नारा ‘नेपाली कम्युनिस्ट पार्टी’ का पक्षमा तयार भएको कार्यक्रमस्थल यो वाक्यसँगै एकाएक गुन्गुनायो।

मञ्चबाट कार्यक्रम सञ्चालकले तुरुन्तै सच्याउँदै माइकमै भने— “नेपाली कम्युनिष्ट पार्टी भन्नुहोस् न, नेकपा (एमाले) भन्नुभयो।”

सञ्चालकको सूचनापछि रावलले अक्मक्किँदै आफ्नो वाक्य सच्याए र पुनः भने—“नेपाली कम्युनिष्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्दैन।”

त्यसपछि उनले उपस्थित भीडलाई नारा घन्काउन अपिल गरे— “नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद!” सभास्थल फेरि नारामय वातावरणले भरियो ।

रावलले आफ्नो सम्बोधनमा १५ भन्दा बढी कम्युनिस्ट घटकलाई एक ठाउँमा ल्याएको ऐतिहासिक कदमका रूपमा प्रस्तुत गर्दै आत्मालोचना पनि गरे।

उनले भने— “विगतमा कहीँ गल्ती भएको छ भने क्षमा गर्नुहुनेछ। अब स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि हाम्रो जग्गा, जमिन, जलस्रोत नेपाली जनताको हितमा उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्ने दिशामा दृढतापूर्वक अघि बढ्छौं।”

गण्डकीको पोखरा, कैलालीदेखि देउखुरीसम्मका विशाल सभाहरूले पार्टी एकताबारे देशव्यापी भरोसा बढाएको पनि उनले उल्लेख गरे।

तर आफ्नो अन्तिम निष्कर्षमा भने उनले झुक्किएर ‘नेकपा (एमाले)’ को नाम लिँदा सभा क्षणभर हल्का हल्का हाँसो छायो, जसलाई उनले तुरुन्तै सच्याएर सम्बोधन समापन गरे।