५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: देउवाले बोलाए वर्तमान र पूर्व पदाधिकारी बैठक, शेखर पनि जाने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पछिल्लो समयमा देखिएको महाधिवेशनको विवाद समाधान गर्ने प्रयासस्वरुप पार्टीको इतर पक्षका नेता डा शेखर कोइरालासहित पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।

उनले आज आइतबार दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा सो बैठक आह्वान गरेका हुन् । सो बैठकमा पदाधिकारी नरहेका इतर समूहका नेता डा। शेखर कोइरालालाई पनि बोलाइएको समाचार स्रोतले बतायो । त्यसैगरी सो बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी नरहेका अरु वरिष्ठ नेताहरूलाई पनि बोलाइएको छ ।

सभापति देउवा जेनजी आन्दोलनमा आक्रमणमा परेपछि गएको असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि पार्टीका औपचाकि बैठकहरुमा सहभागी नभएका उनी पार्टीभित्र महाधिवेशनका बारेमा बढ्दो रहेको विवाद मिलाउन भने सक्रिय छन् । उनले विवाद झन् गहिरिँदै गएपछि पुनः सक्रियता देखाएका हुन् ।

सभापति देउवाले गएको बिहीबारदेखि विभिन्न नेताहरूसँग छुट्टाछुट्टैतथा सामूहिक रुपमा छलफल गरिरहेका छन् । आजको बैठकमा भने दुवै पक्षका नेताहरूलाई उनले बोलाएका हुन् । कांग्रेसमा संस्थापन पक्षका नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नेमा अड्डी कसेपछि विवाद कम हुन सकेको छैन ।

उता महामन्त्री गगन थापा निर्वाचन अगावै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने इतर पक्षका नेता डा कोइराला चुनाव अगावै महाधिवेशन गर्नुपर्ने तर विशेष नभएर नियमित भन्नेमा छन् ।

यसैबीच सभापति देउवा आगामी पुसको अन्तिम सम्ममा महधिवेशन गर्नुपर्नेमा सहमत भए पनि निर्वाचन अगाडि महाधिवेशन गर्नै हुन्न भन्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

यसकारण नेपाली कांग्रेसमा सहमति हुन सकिरहेको छैन । लामो समयसम्म यही विवाद कायम रहँदा पार्टी फुटको संघारमा पुगेको समेत बताउन थालिएकोछ ।