२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो: संयोजक दाहाल



अ+ अ-

दाङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले सातवटै प्रदेशमा भइरहेका एकता सभा आत्मआलोचित हुने मञ्च पनि भएको बताउनुभएको छ ।

आज यहाँ लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभामा उहाँले विगतमा गरेका कम्जोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताउनुभयो ।

“विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका समस्या समाधान गर्न हामी कहाँ कमजोरी भए ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो”, संयोजक दाहालले भन्नुभयो ।

मुलुकका भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने सङ्कल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको उहाँको भनाइ थियो । संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दह्रो बनाएर अर्को लडाइँ लड्न पनि एकता आवश्यक भएको धारणा राख्नुभयो ।

संयोजक दाहालले भन्नुभयो,“यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि एकता भएको हो ।

अहिले जस्तो सङ्कट देशमा कहिल्यै थिएन । भदौ २४ गतेको विध्वंश हामीले देख्यौँ, त्यसले सार्वभौमसत्ता  सम्पन्न नागरिक र  राज्य संयन्त्र यति कमजोर भएको हो ? ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो ।

यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदानी गर्न सङ्कलन लिएर अगाडि आएका छौँ ।”




भर्खरै