२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको नयाँ बानेश्वरमा बैठक, महाधिवेशन विवादबारे छलफल



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा बसेको छ।

महाधिवेशनसम्बन्धी उत्पन्न विवादमा संस्थापन पक्षको धारणा बनाउने एजेण्डासहित ६० भन्दा बढी केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छन्।

बिहान १० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा. रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सीता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत उपस्थित छन्।

शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएको विषय पनि बैठकमा प्रमुख छलफलको एजेण्डा बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशन फागुन २१ गते अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद बढ्दै गएको छ। संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान सार्वजनिक गर्दै आएको छ। यही अडानलाई थप संगठित र प्रभावकारी बनाउन नेताहरू बैठक बसेको बताइएको छ।

बैठकमा महाधिवेशनको समय, पार्टीभित्रको आन्तरिक समन्वय तथा आगामी रणनीतिबारे विस्तृत छलफल जारी रहेको स्रोतले जनाएको छ।