१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको नयाँ बानेश्वरमा बैठक, महाधिवेशन विवादबारे छलफल



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा बसेको छ।

महाधिवेशनसम्बन्धी उत्पन्न विवादमा संस्थापन पक्षको धारणा बनाउने एजेण्डासहित ६० भन्दा बढी केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छन्।

बिहान १० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा. रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सीता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत उपस्थित छन्।

शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएको विषय पनि बैठकमा प्रमुख छलफलको एजेण्डा बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशन फागुन २१ गते अघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद बढ्दै गएको छ। संस्थापन पक्षले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान सार्वजनिक गर्दै आएको छ। यही अडानलाई थप संगठित र प्रभावकारी बनाउन नेताहरू बैठक बसेको बताइएको छ।

बैठकमा महाधिवेशनको समय, पार्टीभित्रको आन्तरिक समन्वय तथा आगामी रणनीतिबारे विस्तृत छलफल जारी रहेको स्रोतले जनाएको छ।