२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।

उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”

कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।”

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् ।

आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिएका थिए । रासस