५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सर्वोच्च अदालतमा आगजनी प्रकरणमा पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ

सर्वोच्च अदालतमा आगजनी प्रकरणमा पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी भएको घटनामा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई पक्राउ गरेको हो।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगो लगाउने निर्देशन दिएको आशंकामा ढुंगेलमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

आगजनी भएको दिन अदालत परिसरमा ढुंगेल देखिएको र पक्राउ परेका अन्य दुई युवासँग घटनाअघि र पछाडि फोन तथा प्रत्यक्ष सम्पर्क भएको प्रारम्भिक अनुसन्धानमा खुल्ने आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा झापा, भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) लाई प्रहरीले पक्राउ गरिसकेको थियो। उनीहरूले अरुको उक्साहटमा घटना स्थल पुगेको बयान दिएको बताइएको छ।

घटनापछिल्लो समय ढुंगेल सार्वजनिक सम्पर्कबाट टाढा रहेको र सोही कारण पनि प्रहरीको शंका थप बलियो बनेको स्रोतको दाबी छ। प्रहरीले अब उनीहरू सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।