५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल

देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ ।

मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको हो । गत भदो २३ र २४ गतेको आन्दोलनपछि देशमा अफ्ठ्यारो स्थिति आइरहेको उल्लेख गर्नुभयो । २४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको बताउनु भयो । राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरुको योगफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश बडो अफ्ठ्यारो स्थितिमा छ । तपाईंहरुले पनि महशुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिन्ह खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरुको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’

सहसंयोजक माधवकुमार नेपालले देशलाई जोगाउन सबैले प्रयास गर्न जरुरी रहेको बताउनु भयो । विभिन्न समयमा भीडलाई उत्तेजक बनाउने तत्वहरु सक्रिय रहेको भन्दै त्यसबाट जोगिनुपर्ने बताउनु भयो । सबैभन्दा पहिला नेपाली हौँ । भन्ने भावना जागरुक गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशलाई हामीले जोगाउन भर मजबुर कोशिस गरिरहेका छौँ । अनेक तत्वहरुले अनेक समयमा मान्छेलाई उत्तेजित बनाउन खोजे । त्यस्तो अवस्थामा फेरि पनि सांप्रदायिक संवादलाई ध्यान दिनुपर्छ । जातिय सद्भावलाई ध्यान दिनुपर्छ । मिलेर बस्नुपर्दछ भन्ने मान्यतालाई अघि बढाउनुपर्छ । सबैभन्दा पहिला हामी नेपाली हौँ ।’

अध्यक्ष नेपालले मुस्लिम समुदायमा अघि बढ्ने सम्भावना भएकाहरुलाई आफूहरुले अग्रसर गरिरहेको बताउनु भयो ।