५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित

प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि ढुंगाना नेतृत्वको जेन–जी समूह आक्रोशित
अ+ अ-

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन् ।

सोमवार दिनभर प्रधानमन्त्रीलाई भेटनका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेदसमेत व्यक्त गरेका हुन् । प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरु गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् । उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले समेत मोबाईल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेन–जी अभियन्ता सुशील बुढोथोकीले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौं । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्युको फोन अफ भएपछि कसरी भेटने ?यसैका लागि फेरि आन्दोलन गर्ने कुरा भएन । नराम्रो सन्देश नजाओस । तर उहाँहरुले यो थाहा पाउनुहोस कि सबैलाई समेटेर युनाईटेड भएर आएको जेनजीलाई भेट्न दिनुभएन । कल अफ भयो । त्यसमा एकदमै नराम्रो छ । तर ठिक छ । सबै समूहसँग भेटनुपर्छ भन्ने सोचेर उहाँ प्रधानमन्त्री हुनु पर्दथ्यो । यस्ता कुराहरु सुन्ने शक्ति हुनुपर्दछ है ।’

ढुंगाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो । तर टेलिफोनसम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै आफूहरुको ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ । अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरुसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गर्नुभयो ।