काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई रहेको छ । दुवै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोज विजयी भयो ।










