२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव



अ+ अ-

रुपन्देही। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित हुनुभएको छ ।

आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित हुनुभएको हो ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिबार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताउनुभयो । रासस