१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पक्राउ



अ+ अ-

गण्डकी। कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड तथा लुटपाट गर्ने व्यक्तिहरूको पहिचान तथा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धानको क्रममा थप पाँच जना पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

पक्राउ पर्नेमा पोखरा महनगरपालिका–१० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र ४८ वर्षीय खलि भनेर चिनिने हरिबहादुर थापा, पोखरा २६ बूढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे« गाउँपालिका ३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ ।

निजहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता बस्नेतले जानकारी दिनुुभयो ।  रासस