२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कति ? यस्तो छ रोचक तथ्य



अ+ अ-

काठमाडौं । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।

बेलायतमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

नेशनल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।

अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।

उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ।

पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।

अर्का अध्ययनकर्ता डा। मेलिसा पाल्मरले भनिन्, ‘हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।’




भर्खरै