२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर: विशिष्ट व्यक्तिविनै घोडेजात्रा



अ+ अ-

काठमाडौं । विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ । सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित ‘घोडेजात्रा समारोह’ आयोजना गर्दै आएको थियो । यस वर्षको घोडेजात्रा यही चैत ११ गते परेको छ ।

उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न राष्ट्रमा कोभिड–१९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ । उक्त समारोहको विभिन्न टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिइएको छ । सौर्य दैनिक




भर्खरै