२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य प्रमाणपत्र नल्याउँदा ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक



अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अध्यागमनले कोरोना भाइरस नभएको व्यहोरा लेखिएको स्वास्थ्य प्रमाणपत्र नल्याई प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको हो । फिर्ता पठाइएकामा केही गैर आवासीय नेपाली पनि रहेको विभागले जानकारी दिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अध्यागमनले स्वास्थ्य प्रमाणपत्र नल्याएका विदेशीलाई फर्काउने नीति लिएको छ । अध्यागमनले फागुन २७ देखि सोमबारसम्म ३६ विदेशीलाई फिर्ता गरेको हो ।

सोमबारसम्म विभागले फ्रान्सबाट ६, चीनबाट ५, बेलायतबाट ५, जापानबाट ४, नेदरल्याण्ड्सबाट ३, इटलीबाट २, इजरायलबाट २, चेक रिपब्लिकबाट २, हङकङबाट १, अमेरिकाबाट १, अफगानिस्तानबाट १, मलेसियाबाट १ र अस्ट्रेलियाबाट १ जनालाई अध्यागमनले फिर्ता पठाएको छ । कार्यालय प्रमुख सागर आचार्यले फिर्ता हुनेमा भिसा नलिई आउने विदेशी रहेको बताए । स्वास्थ्य प्रमाणपत्र नलिई आउने विदेशीलाई सोही जहाजबाट फिर्ता पठाएको उनले जानकारी दिए ।

विदेशीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सात दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्छ । भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलमा रहेको ‘डिटेक्सन’ कक्षमा राख्ने गरिएको छ । कार्यालय प्रमुख आचार्यले भने, ‘सकेसम्म उनीहरू आएकै जहाजबाट फिर्ता गर्छौँ । केही समस्या भए डिटेक्सन कक्षमा राख्छौँ ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिने प्रक्रिया स्थगित गरेको छ । अहिले सम्बन्धित मुलुकको नेपाली दूतावासले मात्र भिसा जारी गर्दै आएको छ । विदशी नागरिकले अनिवार्य कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र (हेल्थ रिपोर्ट) बुझाउनुपर्ने निर्णय कन्सुलर सेवा विभागमार्फत नेपालस्थित विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा पत्राचार गरिएको थियो । सौर्य दैनिक