१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोगको उच्च जोखिम



अ+ अ-

एजेन्सी । दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित विरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् ।

मिडियाका अनुसार भारतको नयाँ दिल्लीका अस्पतालहरू विगत केही दिन देखि त्यस्ता बिरामीहरूले भरिएका छन् ।

दिल्लीको दक्षिणी भागमा धुवाँको तह बढ्दै गए पछि बिहीबार, दिल्लीका धेरै क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क “खराब“ श्रेणीमा रहेएको जनाइएको छ ।

वायु प्रदूषण नियन्त्रण गर्न सरकारले रुख तथा “सडकमा पानी छर्कने दिल्लीको शान्ति पथ क्षेत्रमा स्ट्रिटलाइटका खम्बाहरूमा वाटर मिस्ट स्प्रेयरहरू जडान गर्ने” जस्ता विभिन्न उपायहरू गरिरहेको जनाइएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाको एक अनलाइनका अनुसार “दिल्लीमा प्रदुषित र विषाक्त धुवाँको तह बढ्दै गएका कारण डाक्टरहरूले आँखाको समस्यामा ६० प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेका छन् । डाक्टरहरूले प्रदुषित धुवाँ फोक्सोका लागि मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन् । “

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा मेडिसिनका प्राध्यापक पुलिन कुमार गुप्ताले आफू काम गर्ने अस्पतालमा वायु प्रदूषण सम्बन्धी रोगबाट पीडित बिरामीहरूको सङ्ख्या २२–२५ प्रतिशत रहेको बताउनु भएको छ ।

“वायु प्रदूषणका कारण दिल्लीका बासिन्दाहरु प्रभावित भएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धाहरू सबैभन्दा धेरै जोखिममा रहेको डाक्टरहरुले बताएका छन् । उनीहरुले दिल्लीका बासिन्दाहरूलाई सकेसम्म बाहिरी गतिविधिमा संलग्न नभइ अत्यावश्क कार्यहरु घर भित्रै बसेर गर्न सल्लाह दिएका छन् ।